जनकपुरबाट तीनदिनदेखि बेपत्ता एक किशोरको शव फेला, हत्याको आशंका
टुडेपाटी–
जनकपुरधाम, साउन २४ गते ।
जनकपुरधामबाट तीनदिनदेखि बेपत्ता एक किशोरको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका ७ बस्ने दिलिप साहको छोरा १८ वर्षीय अर्जुन साहको शव सोमबार फेला परेको हो ।
महोत्तरीको लोहारपट्टी नगरपालिका ८ भगवानपुर चौर स्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडक खण्डमा बाटोको पश्चिम साईडमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने आशंका छ । प्रहरीका अनुसार घटनास्थलबाट मट्टी तेल, कपडा लगायतका अन्य सरसमान फेला परेको छ ।
घटनास्थलको लास जाँच मुचुल्लका तयार गरी पोष्टमार्टमको लागि शिव शिक्षण अस्पताल काठमाण्डौ पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए ।
Sponsored
एक प्रहरीका अनुसार अर्जुन तीनदिन अघि ५-६ जना साथीसंग अटो रिक्सामा बसेर पिकनिक गएका थिए ।