TodayPati

मधेश सरकारको जनलोकपाल आयोग उजुरी दर्तामा सीमित

रासस–जनकपुरधाम, साउन २६ गते । मधेश प्रदेश सरकारले गठन गरेको जनलोकपाल आयोगमा आर्थिक वर्ष २०७८/७९ मा अनियमिततासम्बन्धी १८ वटा उजुरी दर्ता भएको छ । अनियमितता तथा भ्रष्टाचारसम्बन्धी उजुरीहरु दर्ता भए पनि जनशक्तिको व्यवस्थापन हुन नसक्दा आयोगले हालसम्म एउटा पनि उजुरीको अनुसन्धान पूरा गर्न सकेको छैन । गत २०७८ भदौमा स्थापना भएको उक्त आयोगमा अनियमितता तथा […]

निर्वाचन आयोगमा लोसपा दर्ता

टुडेपाटी-जनकपुरधाम, साउन २६ गते । निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले दल दर्ता गरेको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो । लोसपाको मुल दर्ता नम्बर ९५–५०२ रहेको छ ।  आयोगले निर्वाचनका लागि गत आइतबार (२२ साउन) देखि आउँदो मंगलबार (३१ साउन) सम्म […]

सप्तरीमा नौ हजारभन्दा बढी मतदाता थपिए

टुडेपाटी–सप्तरी, साउन २६ गते । सप्तरीमा करिब डेढ महिनाको अवधिमा ९ हजारभन्दा बढी मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचन पश्चात निर्वाचन आयोगले मतदाता नामावली शंकलन सुरुगरेपछि प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएको दिनसम्ममा सप्तरीमा नौ हजार एक सय १४ जनाको नाम संकलन भएको हो । असार १ गतेदेखि यही साउन १९ गतेसम्म निर्वाचन […]

मधेश प्रदेश : माइतीमा बस्दै आएकी महिलाको पोखरीमा डुबेर मृत्यु

टुडेपाटी–सर्लाही, साउन २६ गते । सर्लाहीमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ। बुधवार साँझ पोखरीमा डुबेर २१ वर्षीया अर्चना यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मलंगवा नगरपालिका ५ भाँडसरस्थित राम जानकी मन्दिरको सार्वजनिक पोखरीमा डुबेर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। भारतको सीतामढी जिल्ला ग्राम पंचायत जयनगर […]

बर्दिवासका आन्दोलनरत शिक्षकद्वारा नगरपालिका घेराउ, ५ दिनदेखि पालिकाको कामकाज ठप्प

टुडेपाटी-बर्दिवास, साउन २६ गते । महोत्तरीको बर्दिवास नगरपालिकाका आन्दोलनरत करारका शिक्षकहरुले नगरपालिका घेराउ गरेका छन् । पुर्नवहालीको माग गर्दै आन्दोलनरत्त शिक्षकहरुले बिहीबार नगरपालिकाको कार्यालयमा नारा जुलुश गरेका हुन् । आइतबारदेखि आन्दोलनरत्त शिक्षकहरुले आज पाँचौदिन नगरपालिकाको कामकाज ठप्प पारेका छन् । नगरपालिकाको मूल गेट घेराउ गरेर बिहानैदेखि कार्यालयभित्र जनप्रतिनिधी तथा कर्मचारीहरुलाई पस्न रोक लगाइएको पीडित शिक्षक […]

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा जागिर खुल्यो, आजै आवेदन दिनुस् !

टुडेपाटी-जनकपुरधाम, साउन २६ गते । प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले दरखास्तआह्वान गरेको हो । ल्याव टेक्निसियन १३६ र प्रशासनतर्फ पनि १३६ जना कर्मचारी माग गरिएको छ । योग्यता पुगेका उमेदवारले १५ दिनभित्र आवदेन दिनसक्ने जारी सार्वजनिक सूचनामा उल्लेख छ । 

सर्लाहीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टुडेपाटी-सर्लाही, साउन २६ गते । सर्लाहीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको हरिवन नगरपालिका ११ बस्ने ३८ वर्षीय गुरुप्रसाद ढुंगेलको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता तथा डीएसपी विजय यादवले जानकारी दिए । ना.३३प २२९५ नम्बरको मोटरसाइकलमा सबार ढुंगेललाई हरिवन नगरपालिका १० स्थित नयाँ रोडमा बा.७च ९२२२ नम्बरको कारले ठक्कर दिएको थियो । […]

संघले निर्णय नगर्दा मधेस सरकारको स्विट्जरल्यान्ड भ्रमण रद्द

टुडेपाटी-जनकपुरधाम, साउन २६ गते । मधेस प्रदेश सरकारको स्विट्जरल्यान्ड भ्रमण रद्द भएको छ । संघीय सरकारले मन्त्रिपरिषद्बाट भ्रमणबारे निर्णय नगरेपछि भ्रमण रद्द भएको हो । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोली आगामी भदौ ६ गते स्विट्जरल्यान्ड भ्रमणमा जाने तयारी गरेको थियो । सरकारका अर्थमन्त्री तथा प्रवक्ता शैलेन्द्र प्रसाद साहले प्राविधिक कारणले भ्रमण रद्द भएको जानकारी दिए […]

वीरगञ्ज आएको एक लाख बोरा युरिया खाद्य विभिन्न जिल्ला पठाइयो

टुडेपाटी- वीरगञ्ज, साउन २६ गते । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल  (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो ।  दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल पाँच हजार मेट्रिक टन (एक लाख बोरा) रासायनिक मललाई आवश्यकताअनुसार […]

सप्तरीबाट सशस्त्र प्रहरीद्वारा लाखौंको अवैध समान बरामद

शुभ नारायण यादवसप्तरी, साउन २५ गते । सप्तरीको सुरुङ्गा नगरपालिका ४ स्थित कदमाहा गाइघाट सडक खण्डबाट सशस्त्र प्रहरीले लाखौंको अवैध समान बरामद गरेको छ । सशस्त्र प्रहरी बेश क्याम्प कडरबोनाको टोलिले कदमाहा गाइघाट सडक खण्ड अन्तरगतबाट पिकअप भ्यान बोलेरो सहित झण्डै २० लाख ६० हजार मूल्य बराबरको अबेध समान बरामद गरेको हो । चेकजाँचको क्रममा […]