TodayPati

टुडेपाटी–
सर्लाही, साउन २६ गते ।

सर्लाहीमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ।

बुधवार साँझ पोखरीमा डुबेर २१ वर्षीया अर्चना यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मलंगवा नगरपालिका ५ भाँडसरस्थित राम जानकी मन्दिरको सार्वजनिक पोखरीमा डुबेर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

भारतको सीतामढी जिल्ला ग्राम पंचायत जयनगर अररियामा घर भएकी यादव माइती घर मलंगवा(५ मा बस्दै आएकी थिइन्।

लाशको जाँच प्रकृति मुचुल्का गरी प्रादेशिक अस्पताल मलंगवाको शवगृहमा राखिएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *