TodayPati

मधेश सरकारले संघ सरकारविरुद्ध सुरु गर्‍यो आन्दोलन

टुडेपाटी–जनकपुरधाम, साउन २९ गते । मधेश प्रदेश सरकारले प्रहरी समायोजन नगरेको भन्दै संघीय सरकारविरुद्ध आन्दोलन थलेको छ । आइतवारदेखि मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउतसहित उनका मन्त्री र प्रदेशसभा सदस्यहरुले संघ सरकारले प्रहरी समायोजन नगरेको भन्दै प्रदेश प्रमुखको कार्यालयमा धर्नामा बसेका हुन् । पुर्व निर्धारित आन्दोलनको कार्यसूचनी अनुसार प्रदेश प्रमुखको कार्यालयको प्राङ्गणमा पण्डाल लगाएर मन्त्रीहरु धर्नामा […]

छारे रोगबाट पीडित सिरहाका सन्तोष सम्पर्कविहीन, फेला परे प्रहरीलाई बुझाउन अनुरोध

टुडेपाटी-सिरहा, साउन २९ गते । सिरहामा एक अन्दाजी ४५ वर्षीय पुरुष हराएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाले शनिबार राति अन्दाजी १ बजेको समयदेखि सिरहाको कर्जन्हा नगरपालिका ११ बगहा टोल बस्ने सन्तोष राई हराएको जनाएको छ । उनी छारे रोग (मिर्गि) बाट पीडित रहेका छन् । हराएको समयदेखि हालसम्म परिवारको सम्पर्कमा नआएकोले कोही कसैले देखे […]

सर्लाहीमा बालुवा लोड ट्रयाक्टर पल्टिँदा एकजनाको मृत्यु

टुडेपाटी-सर्लाही, साउन २९ गते । सर्लाहीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको लालबन्दी नगरपालिका–५ रंजितपुरमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरमा सवार स्थानीय ३६ वर्षीय लल्लु माझी मुसरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मुसरको उपचारका क्रममा मलंगवास्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बालुवा लोड भएको ना […]

समाजवादी प्रेस संगठन नेपालको मधेश प्रदेश अध्यक्षमा साह चयन

टुडेपाटी-जनकपुरधाम, साउन २९ गते । समाजवादी प्रेस संगठन नेपालको मधेश प्रदेश अध्यक्षमा प्रविन साह चयन भएका छन् । जनकपुरमा दुई दिवसीय अधिवेशनले साह मधेश प्रदेश समितिको अध्यक्षमा सर्वसम्मत चयन भएको हो । त्यस्तै समितिको उपाध्यक्षमा प्रविण शर्मा, महिला उपाध्यक्षमा प्रकृति अधिकारी, सचीव रमेश सुवेदी, सह–सचीव प्रमोद चालिसे र कोषाध्यक्षमा राम पुकार यादव चयन भएका छन् […]

‘निहारिका केस’ मा आरोपितलाई सफाइ दिने धनुषाका न्यायाधीश भट्टराईमाथि छानबिन थालियो

टुडेपाटी-जनकपुरधाम, साउन २९ गते । कुमारी आमा भनेर चिनिने महोत्तरीकी निहारिका सिंह राजपुतको विषयमा फैसला गर्ने जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईमाथि छानबिन सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले निहारिकाको विषयमा जानकारी लिन शनिबार शीतलनिवासमा बोलाएका कानुनमन्त्री गोविन्दप्रसाद शर्माले न्यायाधीश भट्टराईमाथि अनुसन्धान भइरहेको जानकारी गराएका थिए । न्यायाधीश भट्टराईमाथि न्याय परिषद्ले छानबिन सुरु गरेको […]

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण २१ जनाको ज्यान गयो

टुडेपाटी- जनकपुरधाम, साउन २९ गते । अफगानिस्तानमा वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका राज्य सञ्चालित समाचार संस्था बख्तरले शनिबार जनाएको छ । भारी वर्षा र अचानक आएको बाढीका […]

जनकपुरधाममा भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनी सुरु

टुडेपाटी-जनकपुरधाम, साउन २८ गते । जनकपुरधाममा भ्रष्टाचारविरुद्धको दुईदिने कार्टुन प्रदर्शनी सुरु भएको छ । बार एसोसिएशनको सभाहलमा उक्त प्रदर्शनी आयोजना गरिएको हो । देशमा रहेको भ्रष्टाचारलाई केन्द्रमा राखेर बनाइएका चर्चित कार्टुनिस्टका दर्जनौँ कार्टुन प्रदर्शनमा राखिएका छन् । कार्यक्रममा मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले कुनै पनि देशको मुल शासक कठोर नभए सम्म देशका […]

मधेश सरकारको आन्दोलन नौटंकी हद पारीको ड्रामा : अध्यक्ष लाल

टुडेपाटी-जनकपुरधाम, साउन २८ गते । मधेश प्रदेश सरकारद्वारा घोषणा गरिएको आन्दोलनलाई तराई मधेश लोकतान्त्रिक पार्टीले नौटंकीको संज्ञा दिएको छ । पार्टी अध्यक्ष वृषेशचन्द्र लालले प्रदेश सरकारले आइतबारदेखि गर्न लागेको आन्दोलनलाई ड्रामाको संज्ञा दिएका हुन् ।  उनले शनिबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रहरी समायोजन हुनुपर्दछ । तर, मधेस प्रदेश सरकारद्वारा आन्दोलनको नौटंकी हद पारीको ड्रामा […]

कोरोनाबाट थप दुईको मृत्यु

टुडेपाटी-काठमाडौं, साउन २८ गते । कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु भएको छ । कोरोनाबाट देशभर हाल सम्म ११ हजार ९८६ को मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार १६५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १६२ जना र […]

मधेश प्रदेश : करेन्ट लागेर एक जनाको मृत्यु

टुडेपाटी–बारा, साउन २८ गते । करेन्ट लागेर बारामा एक जनाको मृत्यु भएको छ। महागढीमाई नगरपालिका–२ इनरवामा बस्ने एक पुरूषको शनिबार बिहान सवा ७ बजे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। सोही नगरपालिका वडा नम्बर ८ का ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको मृत्यु भएको हो। उनी चनरदेव भगतको धान […]