जनकपुरधाममा भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनी सुरु
टुडेपाटी-
जनकपुरधाम, साउन २८ गते ।
जनकपुरधाममा भ्रष्टाचारविरुद्धको दुईदिने कार्टुन प्रदर्शनी सुरु भएको छ ।
बार एसोसिएशनको सभाहलमा उक्त प्रदर्शनी आयोजना गरिएको हो ।
देशमा रहेको भ्रष्टाचारलाई केन्द्रमा राखेर बनाइएका चर्चित कार्टुनिस्टका दर्जनौँ कार्टुन प्रदर्शनमा राखिएका छन् ।
कार्यक्रममा मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले कुनै पनि देशको मुल शासक कठोर नभए सम्म देशका तल्लो तहमा भ्रष्टाचारको अन्त्य हुन नसक्ने बताए ।
उनले देशमा हाल दिउँसै रात देख्ने गरि भ्रष्टाचार भइरहेको जिकिर गरे । मन्त्री साहले भ्रष्टाचार मात्र नभई देशमा रहेको विद्यमान वेथितिविरुद्व अहिले कार्टुनिष्टहरु समाचार र लेख भन्दा पनि प्रभावकारी कार्टुन बनाएर सचेतना जगाउने काम गरेको भन्दै प्रशंसा गरे ।
Sponsored
‘कार्टुनिस्ट क्लब अफ नेपाल’ले यस प्रदर्शनीको आयोजना गरेको हो । कार्यक्रम आइतबारसम्म चल्ने आयोजकले जनाएको छ ।