TodayPati

‘निहारिका केस’ मा आरोपितलाई सफाइ दिने धनुषाका न्यायाधीश भट्टराईमाथि छानबिन थालियो

टुडेपाटी-
जनकपुरधाम, साउन २९ गते ।

कुमारी आमा भनेर चिनिने महोत्तरीकी निहारिका सिंह राजपुतको विषयमा फैसला गर्ने जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईमाथि छानबिन सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले निहारिकाको विषयमा जानकारी लिन शनिबार शीतलनिवासमा बोलाएका कानुनमन्त्री गोविन्दप्रसाद शर्माले न्यायाधीश भट्टराईमाथि अनुसन्धान भइरहेको जानकारी गराएका थिए । न्यायाधीश भट्टराईमाथि न्याय परिषद्ले छानबिन सुरु गरेको उनले राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए ।

Sponsored

२०७६ कात्तिक ६ गते जबर्जस्ती करणी गरिएको उनको जिकिर छ । धुनुषाको महेन्द्रनगरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर आफूलाई करणी गरेको उनको दाबी छ । उनका अहिले २१ महिनाका छोरा पनि छन् ।

२०७६ फागुनमा बलात्कार गरेको मुद्दा दर्ता हुनुअघि निहारिकाले श्रीमान–श्रीमतीको सम्बन्ध कायम गर्न र हक अधिकारको माग गर्दै प्रहरीलाई निवेदन दिएकी थिइन् । सोही निवेदनलाई आधार मान्दै जिल्ला अदालत धनुषाले जबर्जस्ती करणी गरेको प्रमाण नपुगेको भन्दै शिवराजको पक्षमा फैसला सुनाउँदै सफाइ दिएको थियो ।

शुक्रबार राष्ट्रपति भवन शीतलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी निहारिको प्रहरीको सहयोगमा उद्धार भएको थियो । अहिले उनी त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा उपचाररत छिन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *