TodayPati

टुडेपाटी–
बारा, साउन २८ गते ।

करेन्ट लागेर बारामा एक जनाको मृत्यु भएको छ।

महागढीमाई नगरपालिका–२ इनरवामा बस्ने एक पुरूषको शनिबार बिहान सवा ७ बजे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

सोही नगरपालिका वडा नम्बर ८ का ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको मृत्यु भएको हो।

उनी चनरदेव भगतको धान खेतमा पानी हाल्न मोटर जोड्दै थिए।

मोटरमा तार जोड्ने क्रममा करेन्ट सर्ट भएर उनलाई करेन्ट लागेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *