TodayPati

समाजवादी प्रेस संगठन नेपालको मधेश प्रदेश अध्यक्षमा साह चयन

टुडेपाटी-
जनकपुरधाम, साउन २९ गते ।

समाजवादी प्रेस संगठन नेपालको मधेश प्रदेश अध्यक्षमा प्रविन साह चयन भएका छन् । जनकपुरमा दुई दिवसीय अधिवेशनले साह मधेश प्रदेश समितिको अध्यक्षमा सर्वसम्मत चयन भएको हो ।

त्यस्तै समितिको उपाध्यक्षमा प्रविण शर्मा, महिला उपाध्यक्षमा प्रकृति अधिकारी, सचीव रमेश सुवेदी, सह–सचीव प्रमोद चालिसे र कोषाध्यक्षमा राम पुकार यादव चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा सलिता सदा, नवीन साह, अजित कर्ण, नरेश गुप्ता र बिनोद पटेल लगायतका छन् ।

Sponsored

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यबाहक सचीव गोबिन्द चौंलागाईको प्रमुख आतिथ्यमा गरिएको अधिवेशन कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीको मधेस प्रदेश इन्चार्ज धर्मनाथ साह, पार्टी उपमहासचिव जगन्नाथ खतिबडा, पार्टी सचीव नगेन्द्र चौधरी, मधेश प्रदेश अध्यक्ष राम चन्द्र यादव, समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठ, महासचिव भुपराज खडका केन्द्रीय सदस्य प्रेमचन्द्र झा, मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरी भट्टराई , क्रान्तिकारी पत्रकार संघका अध्यक्ष किरण कर्ण लगायतको उपस्थिति रहेको थियो ।

बृजलाल पासमानको अध्यक्षतामा भएको कार्यक्रममा वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष तथा पत्रकार शितल साहसहितको विशेष उपस्थिति थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *