TodayPati

मधेश सरकारले संघ सरकारविरुद्ध सुरु गर्‍यो आन्दोलन

टुडेपाटी–
जनकपुरधाम, साउन २९ गते ।

मधेश प्रदेश सरकारले प्रहरी समायोजन नगरेको भन्दै संघीय सरकारविरुद्ध आन्दोलन थलेको छ ।

आइतवारदेखि मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउतसहित उनका मन्त्री र प्रदेशसभा सदस्यहरुले संघ सरकारले प्रहरी समायोजन नगरेको भन्दै प्रदेश प्रमुखको कार्यालयमा धर्नामा बसेका हुन् ।

Sponsored

पुर्व निर्धारित आन्दोलनको कार्यसूचनी अनुसार प्रदेश प्रमुखको कार्यालयको प्राङ्गणमा पण्डाल लगाएर मन्त्रीहरु धर्नामा बसेका छन् । प्रदेश सरकारले पहिलो चरण अन्तर्गत सात दिनसम्म धर्नामा बस्ने छन् ।

मुख्यमन्त्री लालबाबु राउतले संघीयताको सफल कार्यान्वयनकालागि आफुहरुले आन्दोलनमा उत्रेको बताए ।उनले संघ सरकारले प्रहरी प्रशासनसहित विभिन्न अधिकारहरु प्रदेश मातहत नदिएसम्म संघीयताको सफल कार्यान्वयन हुन नसक्ने बताए ।

धर्ना कार्यक्रममा मुख्यमन्त्री राउतसहित गृह तथा संचार मन्त्री भरत प्रसाद साह, उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवलगायत सबै मन्त्री र प्रदेश सांसदहरु उपस्थित भएका हुन् ।

Sponsored

यस अघि मधेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रधानमन्त्री देउवासहित सत्तागठबन्धन दलका प्रमुख नेताहरुलाई ज्ञापनपत्र बुझाएका थिए भने केही दिन अघि प्रदेश सरकारका गृहमन्त्रीको नेतृत्वमा प्रदेश प्रमुख मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *