मधेश सरकारको आन्दोलन नौटंकी हद पारीको ड्रामा : अध्यक्ष लाल
टुडेपाटी-
जनकपुरधाम, साउन २८ गते ।
मधेश प्रदेश सरकारद्वारा घोषणा गरिएको आन्दोलनलाई तराई मधेश लोकतान्त्रिक पार्टीले नौटंकीको संज्ञा दिएको छ ।
पार्टी अध्यक्ष वृषेशचन्द्र लालले प्रदेश सरकारले आइतबारदेखि गर्न लागेको आन्दोलनलाई ड्रामाको संज्ञा दिएका हुन् ।
उनले शनिबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रहरी समायोजन हुनुपर्दछ । तर, मधेस प्रदेश सरकारद्वारा आन्दोलनको नौटंकी हद पारीको ड्रामा नै हो ।’
प्रदेश सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीहरू सहभागी रहेको अवस्थामा आकाहरूको देखावटी विरोध राजनीतिक लाज उदाङ्गिएको नौटंकी रहेको उनको टिप्पणी छ ।
‘मधेसको जागरुकता हदै तल रहेको ठानेर छारो हाल्न त होला नि !’, उनले फेसबुकमा लेखेका हुन् ।
Sponsored