TodayPati

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा घाइते महिलाको उपचारको क्रममा मृत्यु

टुडेपाटी-
सर्लाही, साउन १९ गते ।

सर्लाहीमा श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

सर्लाहीको हरिपुर नगरपालिका– ४ मलंगवा–नवलपुर सडकखण्डअन्तर्गत सोमबार बिहान हरैयामा बा।९प ९९३५ नम्बरको मोटरसाइकलमा सवार सोही स्थान बस्ने ४० वर्षकी महिला सञ्जु देवी लडेर घाइते भएकी थिइन् ।

Sponsored

श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर घाइते भएकी उनको जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि वीरगन्ज पठाइएको थियो ।

वीरगन्जको न्युरो अस्पतालमा उपचारको क्रममा उनको दिउँसो मृत्यु भएको आफन्तले जानकारी दिएको छ ।

मृतक देवी बिहान श्रीमानसँगै जिल्ला सदरमुकाम मलंगवातर्फ जाँदै गर्दा मोटरसाइकलबाट लडेकी प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

Sponsored

मृतकको शव वीरगन्जस्थित अस्पतालमै राखिएको छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *