TodayPati

लकडाउन गर्ने कि नगर्ने ? प्रधानमन्त्री ओलीले विज्ञहरूसँग छलफल गर्ने

टुडेपाटी

काठमाडौँ, साउन १९ गते ।

प्रधानमन्त्री केपीशर्मा ओलीले लकडाउन गर्ने नगर्नेबारे छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरूसँग छलफल गर्न लागेका छन्।

Sponsored

कोरोना भाइरसबाट संक्रमितको संख्या बढेसँगै प्रधानमन्त्री ओलीले विज्ञहरुसँग छलफल गर्न लागेका हुन्।

छलफलका लागि ओलीले कोभिड–१९ शंकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा रहेका मन्त्री, सचिव र अन्य विज्ञहरु तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई बोलाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको अवस्था र जोखिमबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहित स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गर्ने भएका छन् ।

Sponsored

प्रधानमन्त्री ओलीले भोलि मंगलबार स्वास्थ्य मन्त्री ढकालसहित मन्त्रालयका विज्ञहरु, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अध्यक्ष तथा विज्ञहरुसँग छलफल गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

नेपालमा लकडाउन खेलेसँगै कोरोना संक्रमण र संक्रमितको मृत्युदर बढ्दै गएपछि प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथामको जिम्मेवारी लिएका मन्त्रालय र निकायमा मन्त्री तथा विज्ञ र जनस्वास्थ्य विज्ञहरुसँग छलफल गर्न लागेका हुन् ।

‘स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव, स्वास्थ्य मन्त्रालयका विज्ञहरु, सीसीएमसीका अध्यक्ष, सचिव र अन्य विज्ञहरुसँग प्रधानमन्त्रीज्यूले भोली छलफल गर्न लाग्नुभएको हो,’ थापाले भने ।

भोलि विज्ञहरुसँग कोरोनाको विषयमा छलफल गर्ने तयारी भएपनि समय भने तय नभइसकेको थापाले जानकारी दिए ।

नेपालमा लकडाउन खुले भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरुले काठमाडौं, वीरगंज, विराटनगर लगायतका केही शहरहरुमा समुदायमै कोरोना संक्रमण फैलिएको समेत बताउँदे आएका छन् ।

लकडाउन खुलेसँगै संक्रमण फैलिने जोखिम बढेको भन्दै जनस्वास्थ्य विज्ञहरुले फेरि लकडाउन गर्नुपर्ने सुझाव समेत दिन थालेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *