TodayPati

भारी वर्षाले सिन्धुपाल्चोकमा भयानक पहिरो, ९ जना बेपत्ता

टुडेपाटी-

काठमाडौँ, साउन १९ गते ।

लगातार ७ घण्टासम्म भएको भारी वर्षाले सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरो गएको छ ।

Sponsored

पहिरोमा पुरिएर ९ जना वेपत्ता भएका छन् । प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका कामदारहरु पहिरोमा पुरिएका हुन् ।

उनीहरु बस्दै आएको टहरो पहिरोले पुरिएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका एक जनाको आधा शरीर पुरिएको र उद्धारको लागि गुहार गरिरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउने काम जारी रहे पनि उनलाई अहिलेसम्म निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।

Sponsored

उनीहरुमध्ये २ जना भारतीय र ७ जना विराटनगरका नागरिक रहेको जनाइएको छ । अहिले घटनास्थलमा सुरक्षाकर्मीलगायत स्थानीयको टोलीले उद्धार जारी राखेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *