TodayPati

एकडारा गाउँपालिका उपाध्यक्षसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

टुडेपाटी-
जनकपुरधाम, वैशाख १४ गते ।

महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित  ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह,  इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौं) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर संजय कुमार मंडलविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Sponsored

उनीहरु विरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुनले स्थलगत अनुगमन गरी लागत अनुमान बमोजिमको कार्य सम्पन्न भइसकेको भनी गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनसमेतको आधारमा भुक्तानी भएको भन्‍दै उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय मागदावी अख्तियारले गरेको छ ।

यस्तै एकडारा गाउँपालिका महोत्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौं) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर संजय कुमार मंडलले  एकडारा गाउँपालिका वडा नं. १ अन्तर्गतका स-साना सडक ढलान गर्नको लागि विनियोजन भएको रकमबाट गुणस्तरहीन कार्य गरी रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।
उनीहरूविरूद्ध अख्तियारले ८ लाख ६५ हजार १४५ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *