TodayPati

धनुषामा टेन्ट हाउसको सामान राख्ने घरमा आगलागी, ज्वाइँले आगो लगाएको आरोप

टुडेपाटी-
जनकपुरधाम, वैशाख १५ गते ।

धनुषाको हंसपुर नगरपालिका बघचौठामा आगलागी हुँदा ६ लाख भन्दा बढीको क्षति भएको छ । हंसपुर नगरपालिका २ बघचौडाका स्थानीय श्यामनाथ साहको घरमा गएराति साढे १० बजे आगलागी भएको हो ।

आगलागीबाट घरमा रहेको टेन्ट हाउसको सामान, बाजा,जरनेटर, लत्ताकपडा, अन्नपात, नगद गरी गरी ६ लाख १० हजार मूल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आगलागी धनुषाधाम नगरपालिकाको बारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।
आगलागी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

ज्वाइँले आगो लगाएको आरोप

यता आगलागी पीडित श्यामनाथका परिवारले आफ्नो ज्वाइँले राति मट्टी तेल छर्केर आगो लगाएको दावी गरेको छ । श्यामनाथकी श्रीमती सुलेखा साहले आफ्नो ज्वाइँ जनकपुरधाम उपमहानगरपालिका ११ मिल्स एरिया बस्ने निशान्त साहले मट्टीतेल छर्केर आगो लगाएको बताइन् । सुलेखाका अनुसार राति १० बजेतिर ज्वाइँका बुबा सम्धी पर्ने बलराम साहले नै फोन गरेर ज्वाइँ दुई लिटर मट्टीतेल लिएर घरमा आगो लगाउन जाँदै गरेको जानकारी गराएका थिए ।

श्यामनाथको आगलागीले जलेको घर बस्ने घरभन्दा करिब डेढसय मिटर पर रहेको छ । जहाँ टेन्टको सामाना, जरनेटर, अन्नपात, लत्ताकपडा समेत राख्ने गरेको पीडित सुलेखाले बताइन् । श्रीमान श्यामनाथ हिजो एउटा विहेमा गएको मौका छोपेर ज्वाइँ निशान्तले आगो लगाइदिएको उनको आरोप छ । आगोले १६ लाखको धनमाल जलेर नष्ट भएको उनले बताइन् ।

Sponsored

छोरी राजना साहलाई ज्वाइँ निशान्तले राख्न नचाहेर पटक पटक कुटपिट तथा यातना दिँदै सम्बन्ध विच्छेद गर्न चाहेको सुलेखाको भनाइ छ । ज्वाइँ निशान्तले पटक पटक आफ्नो घरपरिवारलाई पनि फोन तथा प्रत्यक्ष रुपमा कुट्ने मारिदिने आगो लगाइदिने समेत धम्की दिने गरेको सुलेखाले बताइन् । जाडरक्सी सेवन गरी जथाभावी कुटपिट टथा यातना दिँदा छोरी राजना र नाति माइतमै बस्ने गरेको उनको भनाइ छ ।
घरमा आगो लगाउने आफ्नो ज्वाइँ निशान्तलाई कानुन बमोजिम कारबाहीको माग गरिन्

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *