TodayPati

मिटरब्याज पीडितद्वारा फेरि आन्दोलनको चेतावनी

टुडेपाटी
जनकपुरधाम, वैशाख १४ गते ।

मिटरब्याज पीडितहरूले फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । लहानमा आज पत्रकार सम्मेलन गर्दै मिटरब्याज पीडितहरूले सरकारले पटकपटक सहमति गरेपनि कार्यान्वयनमा इमानदार नदेखिएको गुनासो गरेका हुन् ।

न्याय दिनुको साटो पछिल्लो समय उल्टै प्रहरी प्रशासनले साहुकारसँग साठगाठ गरी मिटरब्याज पीडितलाई पक्राउ तथा यातना दिने काम गरिरहेकाले आन्दोलमा जाने उनीहरूको चेतावनी छ ।

Sponsored

मिटरब्याज विरुद्धको संघर्ष समिती, नेपालका संयोजक मनोज कुमार पासमानले प्रहरी प्रशासन मिटरब्याज आन्दोलनलाई असफल बनाउन र पीडितलाई दबाउन षड्यन्त्र गरिरहेको आरोप लगाए । पीडितका समस्या समाधानको काम प्रभावकारी ढंगले अघि नबढे चाँडै सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *