TodayPati

सर्लाहीमा घरको छतबाट खसेर एकजनाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, वैशाख १५ गते ।

सर्लाहीमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मलङ्गवा नगरपालिका–१० का ४५ वर्षीय सन्तोष राउत छन् ।

मलङ्गवा नगरपालिका–९ स्थित दिनेश राउतको घरमा भाडामा बस्दै आएका राउत आज बिहान घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

Sponsored

गर्म छल्न छतमा सुतेको बेला लडेको हुनसक्ने प्रहरीको अनुमान छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *