TodayPati

जनकपुरमा एक महिलामाथि सामुहिक बलात्कार, घटनास्थलबाटै २ पक्राउ

टुडेपाटी-
जनकपुधराम, फागुन ५ गते ।

जनकपुरमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्माचोकमा सोमबार विहान अन्दाजी ३५ वर्षीया महिलामाथि सामुहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

बालत्कार आरोपमा घटनास्थलबाटै एकभारतीय नागरिक सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका ७ का २५ वर्षका नरेश महतो र भारत बिहार मधुवनी कलुवाहीका ४९ वर्षीय राघवेन्द्र प्रसाद सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अशोक झाले टुडेपाटीलाई जानकारी दिए ।

Sponsored

बालात्कृत भएकी महिला कहाँकी हुन् भन्ने अहिलेसम्म नखुलेको र घटनामा अन्यको संलग्नता रहेको वा नरहेको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *