प्रदेश २ सरकार १४ हजार साइकल बाँडे, अब १५ हजार बाँड्ने, कुन जिल्लामा कति बाँडे ?
टुडेपाटी-
जनकपुरधाम, फागुन ५ गते ।
प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रम अन्तर्गत १४ हजार छोरीलािई साइकल वितरण गरेको छ । आर्थिक वर्ष २०७५।०७६ र २०७६।०७७ मा प्रदेश २ को आठवटै जिल्लामा माध्यमिक र उच्च माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत्त १४ हजार छात्रालाई प्रदेश साइकल वितरण गरेको हो ।
सबभन्दा बढी सर्लाहीमा २ हजार ४ सय ५७ र सबभन्दा कम रौतहटमा १ हजार ४ सय ८ साइकल वितरण गरेको मुख्यमन्त्री कार्यालयका तथ्यांकमा देखिएको छ ।
साइकल वितरण कार्यक्रमअन्तर्गत सप्तरी जिल्लाका २९ विद्यालयका एक हजार ५सय ३५ , सिरहाका २५ विद्यालयका एक हजार ६ सय १६ , धनुषाका ३२ विद्यालयका एक हजार ७ सय ८५ र महोत्तरीका ३१ विद्यालयका एक हजार ८ सय ७० छात्रालाई साइकल वितरण गरिएको छ ।
त्यसैगरी सर्लाहीमा ४२ विद्यालयका दुई हजार ४ सय ५७, रौतहटका २८ विद्यालयका एक हजार ४ सय ०८, बाराका २६ विद्यालयका एक हजार ६ सय ७५ र पर्साका २७ विद्यालयका एक हजार ६ सय ५४ छात्रालाई प्रदेश सरकारले साइकल वितरण गरेको छ ।
‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रम अन्तर्गत साइकल वितरण तथा छोरी शिक्षा बिमा सबैभन्दा बढी उपलब्धि मूलक भएको मुख्यमन्त्री राउतले दावी गरेका छन् । आफ्नो २ वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्न गएको शिनिवार मधेश भवनमा आयोनजा गरेको पत्रकार सम्मेलनमा उनले महिला सशक्तिकरणको सवालमा ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रम सबैभन्दा प्रभावकारी, लोकप्रिय एवं उपलब्धि मूलक भएको दावी गरे ।
Sponsored
अब फेरी प्रदेश २ को आठ जिल्लाकै छोरीलाई १५ हजार साइकल वितरण गर्ने योजना रहेको र प्रक्रिया अघि बढाइसकेको मुख्यमन्त्री राउतले जानकारी दिए ।