TodayPati

सर्लाहीमा दुई बालिकाको पोखरीमा डुबेर मृत्यु

टुडेपाटी-
सर्लाही, साउन ११ गते ।

सर्लाहीमा पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका-१४ मा बाख्रा चराउन गएका १३ र १० वर्षका दुई बालिका मृत भेटिएका हुन् ।

उनीहरू माछा पालनका लागि स्थानीय प्रकाश महतोले खन्दै गरेको पोखरीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए ।

मृत्यु हुनेमा १३ वर्षीया बालिका अन्जली कुमारी महतो छन् भने १० वर्षीया बालिका आरती कुमारी महतो हुन् ।

Sponsored

शनिबार बाख्रा चराउन गएका उनीहरू साँझसम्म घर नफर्किएपछि खोजी गर्दै जाँदा आफन्तहरूले उनीहरूलाई डुबिरहेको अवस्थामा फेला पारेका थिए ।

प्रहरीका अनुसार पोखरीको छेउमा उनीहरूले लगाएको कपडा र चप्पल फेला परेको छ ।

हाल घटनाको थप अनुसन्धान भइरहेको डिएसपी कुँवरले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *