TodayPati

धनुषाको बटेश्वरमा जलाउनै लागिएको लास प्रहरीको नियन्त्रणमा, हत्याको आशंका

टुडेपाटी-

जनकपुरधाम, साउन १० गते ।

धनुषाको बटेश्वर गाउँपालिका २ भुचक्रपुरबाट प्रहरीले जलाउन लागेको एक वृद्धको लास नियन्त्रणमा लिएको छ । बडहरी खोलामा जलाउन लगिएको स्थानीय ८० वर्षीय राम बिलास ठाकुरको लास चिताबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । ठाकुरलाई कुटपिट गरी हत्या गरेको आशंकामा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लास नियन्त्रणमा लिएको हो ।

Sponsored

ठाकुरको परिवारिक सदस्यले शुक्रवार राती लडेर गम्भीर घाइते भई उपचारको लागी नजिकै रहेको किल्निकमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिएको छ ।

तर, जलाउँदै गरेको ठाकुरको जिउमा डाम र टाउकोमा रगत जमेको हुँदा शंकास्पद देखिएको भन्दै पोष्टमार्टम पश्चात मात्रै अन्तिम सँस्कार गर्न दिने जनाइएको छ ।

ठाकरको लासलाई पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल जनकपुर पठाईएको प्रहरी निरिक्षक पप्पु नायकले बताए । घटना समबन्धमा थप अनुसन्धान भइरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *