TodayPati

जनकपुरमा तीनजना सवार भारतीय मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु, ४ घाइते

टुडेपाटी-
जनकपुरधाम, माघ ६ गते ।

धनुषाको जनकपुर उपमहानगरपालिका–२३ मा तीनजना सवार भारतीय मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्कुटीमा सवार महोत्तरीको पिपरा गाउँपालिका–५ निवासी ६० वर्षीया राजमरी देवी छन् ।

जिल्ला ट्राफिक कार्यालय धनुषाका अनुसार जनकपुर–जलेश्वर सडकखण्डमा शनिबार साँझ ५ बजे जलेश्वरबाट जिरोमाईलतर्फ आउँदै गरेको बी.आर.०६ डि.जे.२६३२ नम्बरको भारतीय नम्बरको मोटरसाईकलले ज १२ प ६०३८ नम्बरको स्कुटरलाई स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो ।

Sponsored

ठक्करबाट गम्भीर घाइते राजमरी देवीको विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक ६५ वर्षीय कामेश्वर प्रसाद यादव घाइते भएका छन् । उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।

मोटरसाइकल चारक सहित त्यसमा सबार तीनजना भने समान्य घाइते भएका छन् । भारतको जिल्ला सितामढी ददरी बस्ने २९ वर्षीय संजित साह, चालकको श्रीमती २४ वर्षीया रूबी साह र मोटरसाइकलमै सवार जनकपुर उपमहानगरपालिका ४ बस्ने कृपाल साहका छोरा १६ वर्षीय सुशान्त साह समान्य घाइते भएका छन् । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *