स्वच्छता अभियानी ठाकुरद्धारा जनकपुरमा वृक्षारोपन, टोलबासीलाई बाँडे अढाइ सय बोटविरुवा
टुडेपाटी-
जनकपुरधाम, साउन १० गते ।
स्वच्छता अभियानी तथा दशरथ नगर टोल सुधार समितीका अध्यक्ष दिपक ठाकुरले जनकपुरमा वृक्षारोपन गरेका छन् ।
शनिवार नागपञ्चमीको उपलक्ष्यमा दशरथ मन्दिरको फुलबारीमा देव वृक्ष बेल तथा परिजात (हरसिङार) तथा फलफुलको बिरुवा उनले रोपेका हुन् ।
स्वच्छता अभियान अन्तर्गत अभियानी ठाकुरले वृक्षारोपनकालागि दशरथ नगर टोलबासीलाई २ सय ५० भन्दा बढी बोटविरुवा समेत वितरण गरेका हुन् ।
उनका अनुसार पारिजात (हरसिङार) का १ सय तथा आँप र आमलाका १५० बिरुवा वितरण गरिएको हो ।
Sponsored
हिन्दु धर्ममा विशेष महत्व रहेकाले पारिजात फुलको विरुवा रोप्न टोलबासीलाई वितरण गरिएको अभियानी ठाकुरको भनाइ छ ।