TodayPati

नेपालमा १३ हजार बढी कोरोना संक्रमित निको भए, थप १०९ जनामा संक्रमण पुष्टि

टुडेपाटी-

जनकपुरधाम, साउन १० गते ।

पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Sponsored

यससँगै कुल १८ हजार ४८३ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ भने १३ हजार ५३ जना निको भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार डोटीमा १३, सुर्खेत र सप्तरीमा ११र११ जना, पर्सामा ८, कपिलवस्तु र जाजरकोटमा ६र६ जना र दाङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Sponsored

यस्तै रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४र४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैचडीमा ३र३ जना, काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुमा २र२ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लामा एकएक जना कोरोना संक्रमित थपिएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *