धनुषामा खाल्डोमा डुबेर एक युवकको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, साउन ८ गते ।
धनुषामा खाल्डोको पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । धनुषाको नगराईन नगरपालिका वडा नम्वर–२ जटही बस्ने ३१ वर्षीय अजित चौधरीको बिहीबार खाल्डोको पानीमा डुबेर मृत्यु भएको हो ।
गाउँ नजिकै रहेको बाटो छेऊमा जेसिबीले माटो निकाल्दा बनेको खाल्डोमा जमेको पानीमा डुबेर चौधरीको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाईएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Sponsored