लोकतान्त्रिक जवाफदेहिताका लागि युवा अझ शसक्त हुनुपर्छ : वक्ताहरु
टुडेपाटी-
जनकपुरधाम, पुस २६ गते ।
जनकपुरधाममा युवा आवाज मार्फत लोकतन्त्रलाई सवलिकरण गर्न ‘आर्टिभिजम कार्यक्रम’ सम्पन्न भएको छ । शुक्रबार कायापलटको आयोजनामा युवा आवाजलाई थप सशक्त बनाउने उद्देश्यले कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका वक्ताहरुले युवा अजाजलाई अझ सशक्त बनाउनु पर्ने जिकिर गरेका हुन् । कार्यक्रमको पहिलो दिनको पहिलो सत्र “संघीयतापछि मधेशमा कस्तो छ लोकतान्त्रिक जवाफदेहिता ?“ विषयमा गहन छलफल गरिएको थियो । यस सेसनमा राजनीतिक विश्लेषक मनोज साह, महिला नेतृ विन्दु ठाकुर र नर्थ साउथ कलेक्टिभका निर्देशक राकेश मिश्रले आ–आफ्नो विचार व्यक्त गरेका थिए । उनीहरूले संघीयता लागू भएपछि मधेशको राजनीतिक परिप्रेक्ष्य र लोकतान्त्रिक जवाफदेहितामा भएका परिवर्तनहरूका बारेमा चर्चा गरे ।
महिला नेतृ बिन्दु ठाकुरले राजनीतिमा महिलाको प्रतिनिधित्व गणपुरक संख्याको अधारमा नभई गुणपूरक बनाउनु पर्ने सुझाब दिइन् । ‘महिला सशक्त छ, जागरुक छ । कसैको इशारामा नाच्ने अवस्था छैन,’उनले भनिन्,‘तर नेतृत्वकर्ता ठीक भएन ।’ उनले आलोचनात्म शैलीमा नेतृत्वकर्ताले नपढेको मान्छेलाई डाक्टर घोषणा गर्दा समस्या देखिएको तर्क गरिन् । उनले योगदान दिने महिलाले लाभ नपाएको कारण लोकतन्त्रमाथि प्रश्न उठेको सनाइन् । विभेद, अन्याय र कुशासन विरुद्ध शीर्ष दलले मौनता राखेको आरोप पनि लगाइन् ।
अर्का वक्ता राकेश मिश्राले लोकतान्त्रिक जवाफदेहिता राज्यबाट प्रवाह हुनुपर्ने बताए । तर, राज्यलाई नियमन गर्न ल्याइएको संविधान नै जवाफदेही नभएको उनले औल्याए । ‘संविधान आँफै कति जवाफदेहि छ ? वा कुन बाटोबाट आयो ?,’उनले प्रश्न गर्दै भने,‘निहत्था मान्छेलाई मारेर ल्यायो । प्रश्न गर्नेलाई पनि डराइयो । प्रलोभनमा पारे । त्यकारण हारेक सेनापति वा हारेका जुवाडेसंग के अपेक्षा गर्नु ?’
उनले दातृ निकायको इसारामा नागरिक समाज नाचिरहेको आरोप लगाए । दातृ निकायले मुख्य समस्या समाधान गर्न चासो नदेखाएको वा खुल्लेर नबोलदिएको कारण लोकतन्त्र सबल हुन नसकेको बताए । संविधान र संविधान निर्मातालाई पहिला जवाफदेही बनाउनु पर्ने उनको निष्कर्ष छ । ‘डराएर कुरा नगरौं । संविधान र संविधान निर्मातालाई नसच्याए सम्म दिशानिर्देश हुन सक्दैनन्,’उनले भने,‘संविधान निर्माताले भावनात्मक एकतालाई चुडालेको छ ।’
Sponsored
त्यस्तै राजनीतिक विश्लेषक मनोज साहले, ओलिर्गेसी बढ्दै जदाँ निर्णय प्रक्रिया थप एकिकृत हुँदा जवाफदेहितामा समस्या आएको उल्लेख गरे । उनका अनुसार राज्यले आफुले चाहेको आधारमा मात्र विकेन्द«ीकरण गरेको समेत औलाए । उनले भने, ‘जवाफदेहिताका लागि आवश्यक लोकतान्त्रिक प्रणाली सुदृढमा जोड दिन छोडेर हामी यसका आधारभूत सवालमै रुमलिएको छौँ ।’ उनका अनुसार विकासक्रममा एआई तथा पुस्तामा चेतनास्तर बढ्दै गएको हुँदा पनि त्यसको प्रक्रियमा आक्रोश छताछुल्य भएको बताए ।
..
युवाले गुनासो होइन प्रश्न गर्नुपर्छ
दोस्रो सेसनमा “लोकतान्त्रिक जवाफदेहितामा युवा ः हिजो, आज र भोली“ विषयमा अर्को आकर्षक छलफल भएको थियो । यस सेसनमा राजर्षि जनक विश्वविद्यालयका सहायक प्राध्यापक अशोक साह, मधेशका प्रसिद्ध पैदल अनुसन्धान स्तम्भकार मन्जु यादव, अर्थशास्त्री डा. शिला मिश्र र युवा विश्लेषक रोशन झा सहभागी थिए । उनीहरूले युवाको भूमिका, लोकतान्त्रिक जवाफदेहितामा युवा शक्ति र यसको भविष्यका बारेमा गहन छलफल गरे । सञ्चारकर्मी प्रतिभा झाले यस सेसनमा सहजकर्ताको भूमिका निर्वाह गरेकी थिइन् ।
कार्यक्रममा वक्ताहरुले मधेसको सन्दर्भमा शिक्षा, आर्थिक संकट तथा युवामा विचारको सवलिकरण हुन नसक्दा प्रश्नको आधारहरु बन्द हुँदै गएको बताए । उनिहरुले आर्थिक संकटमा युवाले राज्यबाट पाउने हरेक विषयमा सहयोग नपाउँदा समेत युवाहरुले निराश प्रकट गरेको बताए । उक्त छलफलमा विचार र वहसकै माध्यमबाट आलोचनात्मक चेत निमार्णको थालनि गरे गुनासो नभएर प्रश्नको आधार युवामा बन्ने वक्ताहरुले बताए ।
कार्यक्रमको उद्देश्य जनसमूहमा जागरूकता र सशक्तिकरण फैलाउनु रहेको आयोजक संस्था कायापलटले जनाएको छ । कार्यक्रमका वक्ताहरुले स्थानीय समुदायको राजनीतिक र सामाजिक सन्दर्भमा प्रगति र सुधारका बारेमा महत्वपूर्ण विचार प्रस्तुत गरेका थिए । यसै कार्यक्रम अन्तरगत शनिबार ‘सुरक्षित घर अप्पन अधिकार’ नारासहित ‘भुमीहिनको कथा, समस्यादेखि समाधान सम्म’ हुने आयोजक संस्थाले जनाएको छ ।