TodayPati

जनकपुर सहित देशभरका धार्मिक संस्थाको अर्बौको जग्गा बेचियो, छानविन छानविन हुने

टुडेपाटी-

जनकपुरधाम, साउन ८ गते ।

जनकपुर सहित देशभरका मठ मन्दिर तथा धार्मिक संस्थाको नाउमा रहेको अर्बौ रुपैँया बराबरको जग्गा बेचबिखन भएको जनगुनासोका साथै तथ्य तथा आधार भेटिएपछि समबन्धित निकायले चासो देखाएको छ ।

Sponsored

शक्ति, राजनीतिक आड र पैसाको बलमा गुठी संस्थान, महन्त, नेता तथा सरकारको संरक्षणको आडमा बदनियतपुर्वक अर्बौ रकम बराबरको जग्गा किनबेच भएको भेटिएपछि संसदीय समितीले यस समबन्धमा चासो देखाएको हो ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देशभरका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भएको वा नभएको एकीन गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिले जानकी मन्दिर, पशुपतिनाथ, चाँगुनाराण, लुम्बिनी, जानकी मन्दिर लगायत देशभरिका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भए÷नभएको एकिन गर्न सरकारलाई निर्देशन दिएको हो।

Sponsored

धार्मिकस्थलहरुको जग्गा अतिक्रमण भएको पाइएमा योजनाअनुसार सम्बन्धित निकायको जिम्मा लगाउने कार्य अगाडि बढाउन पनि समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयलाई निर्देशन दिएको छ।

समिति सभापति पवित्रा निरौलाले परम्परागत सीप र कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न विद्यालय र विश्वविद्यालयको पाठ्यक्रम विकास गर्दै दक्ष र व्यवहारिक कालिगढ उत्पादन गर्ने योजना बनाउन पनि निर्देशन दिएइको बताइन्।

समितिले पुरातात्विक महत्वका सम्पदा, प्राचिन स्मारक र अभिलेखहरुको संरक्षणमा खोज गरी गुरुयोजना निर्माण गर्न पनि निर्देशन दिएको छ।

पुरातत्व विभागसँग सहकार्य गर्दै युनेस्कोको मापदण्ड अनुसार काम अघि बढाउन पनि निर्देशन दिएको छ।

यस्तै संघ प्रदेश र स्थानीय तहको समन्वयमा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण गर्दै समयअनुकुल ढंगले विकास गर्न पनि समितिले निर्देशन दिएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *