जनकपुरमा लायन्स क्लबको पदस्थापन समारोह सम्पन्न
टुडेपाटी-
जनकपुरधाम, पुस २८ गते ।
लायन्स क्लबको पदस्थापन समारोह सम्पन्न भएको छ । लायन्स क्लव अफ जनकपुरधाम आस्था, लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गार्गी र लियो क्लब अफ जनकपुरधामको नवपदाधिकारी तथा सदस्यहरुको पदस्थापन समारोह भएको हो ।
शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको प्रमुख अतिथ्यमा भएको सो समारोहमा विशिष्ट अतिथिहरूमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, प्रदेश सभा सदस्य सुरिताकुमारी साह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. अंकुर साह थिए ।
सो अवसरमा समाज सेवामा पु¥याएको अतुलनीय योगदान स्वरुप जनकपुरधाम स्थित कविर बालाश्रमका संस्थापक सत्यनारायण आलोक र हेल्प मधेसीका केन्द्रीय अध्यक्ष रामउद्दगार यादवलाई कदरपत्र प्रदान गरिएको थियो । यस्तै नेपाल पत्रकार महासंघका नवनिर्वाचित मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकार महासंघ धनुषाका अध्यक्ष पूरन गुप्ता लगायतलाई बधाई तथा मायाको चिनो प्रदान गरिएको छ ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री संहले समाजस रुपान्तरणमा लायन्स क्लवले खेलिरहेको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरेका थिए । उनले आगामी दिनमा अझ् प्रभावकारी ढंगवाबाट लायन्स क्लवले मधेशको विकासमा पनि योगदान दिन आग्रह गर्दै सहकार्यका लागि मधेश सरकार तयार रहेको बताए ।
कार्यक्रममा अतिथिहरुमा डिष्ट्रिक गभर्नर ३२५ एफ शंकर शारदा, प्रदेश सांसद अञ्जना पण्डित, पीडीजी शम्भु प्रसाद घिमिरे, पीडीजी मधुकर उपाध्याय, फस्र्ट भाइस डिष्ट्रिक गभर्नर केशर बहादुर भण्डारी र सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर अजय प्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लायन्स क्लव धनुषाका नेतृत्व प्रतिनिधि सुशीलकुमार सिंह, डा. रामज्ञान यादव, डा. राजेश कुमार सिंह लगायले विशेष भूमिका निर्वाह गरेका थिए ।
Sponsored