TodayPati

पत्नीलाई हत्या गरी जलाएका पुर्व डिआइजी कोइराला जेलबाट छुटे, प्रेमिका रिसिभ गर्न पुगिन्

टुडेपाटी-

काठमाडौँ, साउन ८ गते ।

सर्वोच्च अदालतले आधाभन्दा बढी सजाय घटाइदिएपछि सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइराला जेल मुक्त भएका छन्।

Sponsored

साढे ८ वर्षदेखि डिल्ली बजार कागरागारमा जेलजीवन बिताइरहेका कोइरालालाई बिहीबार जेल मुक्त गरिएको कारागार प्रशासनले जनाएको छ।

पत्नी हत्याको अभियोगमा दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका पूर्वडीआईजी कोइराला बिहीबार बिहान डिल्लीबजार कारागारबाट निजी कारमा बाहिरिएका हुन् ।

केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेको थियो ।

Sponsored

कोइराला पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । कोइरालाले मकवानपुरको टिस्टुङ पालुङमा हत्या गरी जलाएर फर्किँदै गर्दा काठमाडौंबाट पक्राउ परेका थिए ।

सशस्त्र प्रहरीका पूर्वडीआईजीलाई प्रधानन्यायाधीश सम्मिलित सर्वोच्च अदालतको संयुक्त इजलासले भारी कैद छुट दिएको हो। श्रीमतीको हत्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डीआईजी रञ्जन कोइरालालाई जन्मकैद हुने सजाय घटाएर सर्वोच्च अदालतले साढे आठ वर्ष मात्रै कैद सजाय सुनाएको हो ।

सर्वोच्चले असार दोस्रो साता गरेको फैसलाका आधारमा कोइराला बिहीबार कैदमुक्त्त भएका छन् । डिल्लीबजार कारागारबाट थुनामुक्त भएका उनलाई ‘रिसिभ’ गर्न प्रेमिका तारा रेग्मी डिल्लीबजार कारागार पुगेकी थिइन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *