विपी कोइरालाको ३८ औं स्मृति दिवस समाजले जनकपुरमा वृक्षारोपन गरी मनायो
टुडेपाटी-
जनकपुरधाम, साउन ६ गते ।
विशेश्वर प्रसाद कोइरालाको ३८ औं स्मृति दिवस जनकपुरमा वृक्षा रोपन गरी मनाइएको छ । विपी बिचार राष्ट्रिय समाज धनुषाले जनकपुरधाम उपमहानगरपालिका ९ स्थित जानकी माविमा वृक्षारोपन गरी विपीको स्मृति दिवस मनाएको हो ।
समाजका धनुषा जिल्ला अध्यक्ष सुरेश कोइरालाको अध्यक्षता तथा समाजका केन्द्रिय सदस्य एवं जनकपुरका पूर्व मेयर बजरंग प्रसाद साहको प्रमुख आतिथ्यमा स्मृति दिवस मनाइको छ । स्मृति दिवसको अवसरमा भएको वृक्षारोपन कार्यक्रममा नेपाली काँग्रेसका नेता चुनी शरण यादव, नेपाली काँग्रेस धनुषाका उपसभापति सन्तोष यादव, विद्यालयका प्रधानाध्यापक लगायतको सहभागिता रहेको थियो ।
स्मृति दिवसमा सहभागि बक्ताहरुरुले देशमा शान्ति, आमन चयन लागि जनताको चाहन अनुसार सबै दलका नेता कार्यकर्ता एक भएर अघि बढ्नु पर्नेमा जोड दिएका थिए । राष्ट्रियता, प्रजातन्त्र, संघीयताको सवालमा सबै दल एकजुट भएर अघि बढे मात्र देशले निकास पाउने उनीहरुको भनाइ थियो ।
नेपालका पहिले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको वि.स.२०३९ सालमा आजकै दिन क्यान्सर रोगकबाट मृत्यु भएको थियोय ।
Sponsored