रौतहटमा बाढीले बगाउँदा एक जनाको मृत्यु
टुडेपाटी-
रौतहट, साउन ६ गते ।
रौतहटमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका—३ गैडाटारमा अस्थायी प्रहरी पोष्ट नजिकै रहेको अंकडा बाँधको खहरे खोलामा आएको बाढीले ५८ वर्षीय सुकमान थिङलाई मंगलबार बिहान ११ बजे बगाएको थियो । खोलाले बगाएर बेपत्ता भएको ३ घण्टापछि मृत अवस्थामा थिङको शव फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
स्थानिय थिङ बाँधमा पानीको बहाव बढेपछि खोलामा पानीको बहाव खोल्न गएका बेला सो खहरेले एक्कासी बगाएको थियो । इलाका प्रहरी कार्यालय चन्द्रपुरका नायब उपरीक्षक हेमबहादुर शाहीले बेपता भएका थिङको स्थानीय र प्रहरीको सहयोगमा खोजी गरेका थिए । चाँदी नदीको पानीलाई सिचाईको लागि स्थानियले सो खहरे प्रयोग गर्ने गरेका छन् ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोलीलगायत स्थानीयवसीन्दा मिलि खोजि तीव्र बनाएका थिए ।
Sponsored