TodayPati

राजविराजमा फेरि लकडाउनमा कडाइ

शुभ नारायण यादव-

सप्तरी, साउन ६ गते ।

नगर क्षेत्रभित्र कोरोना संक्रमणको जोखिम वढेपछि सप्तरीको राजविराज नगरपालिकाले लकडाउनमा कडाई गर्ने निर्णय गरेको छ ।
मेयर शम्भुप्रसाद यादवले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरीअर्को सुचना जारी नहुन्जेलसम्म नगरक्षेत्र भित्र पुर्ण रुपमा लकडाउन गर्ने जानकारी दिएका छन् ।

Sponsored

लकडाउन अवधिमा अत्यावस्यक सेवाहरु वाहेक सम्पुर्ण वजार, पसल, ब्यवसाय, सरकारी तथा गैर सरकारी कार्यालयहरु र वित्तिय संस्थाहरु पुर्ण रुपले वन्द गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । लकडाउनलाई पुर्ण कार्यान्वयन गरिदिन नगरवासीलाई आग्रह गरिएको छ ।

गत साउन १ गते सप्तरीको राजविराज नगरपालिका वडा न. ६ का एक जना ब्यापारीको मृत्यु तथा परिवार र सम्पर्कमा पुगेका गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *