TodayPati

बाटाे ढलान भएपछि सप्तरीका स्थानीय खुसी

शुभ नारायण यादव-

सप्तरी, साउन २ गते ।

वर्षेनी वर्षायाममा बाटाे डुबानमा परेपछि समस्या खेप्दे आइरहेका स्थानीयमा खुसियाली छाएकाे छ । सप्तरीको तिलाठी काेइलाडी गाउंँपालिका १ बेलही जाने बाटाे निर्माण भएपछि स्थानीयवासीमा यस्तो खुसियाली छाएकाे हाे ।

Sponsored

सप्तरीको भन्सारदेखि बेलहि जाेड्ने मुख्य सडकखण्ड अन्तरगत भन्सार चाेकदेखि बेलहि जाने बाटाे आरसीसी ढलान भएपछि स्थानीयवासीलाई अब आवतजावत गर्न सहज भएको छ ।

प्रदेश सरकारको सहयाेगमा सडकखण्डको लम्बाई २५५ मिटर र चाेडाइ झण्डै ५ मिटर ६ इन्च बाटाे निर्माण गरिएपछि स्थानीयवासीहरुलाई आवतजावतमा सहज भएको उपभोक्ता समितिका अध्यक्ष कृष्णदेव रायले जानकारी दिए ।

स्थानीय युवा नेता विजय यादवकाे विशेष पहलमा वर्षौदेखि जिर्ण रहेकाे साे सडकखण्ड निर्माण हुँदा बेलहिका झण्डै एक हजारभन्दा बढी घरधुरिलाई दिनहुँ आवतजावतमा सहज भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *