TodayPati

जानकी हेल्थ केयरमा नि:शुल्क परिवार स्वास्थ्य सेवा र नियमित खोप सेवा सुरु


टुडेपाटी-
जनकपुरधाम, फागुन ३ गते ।

जनकपुर स्थित जानकी हेल्थकेयर एण्ड टिचिङ्ग हस्पिटलमा नि:शुल्क परिवार स्वास्थ्य सेवा र नियमित खोप सेवा सुरु भएको छ । हप्ताको मंगलबार, बिहिवार र शनिवार नि:शुल्क वरवार स्वास्थ्य सेवा र शनिबार एक दिन खोप सेवा सुरु भएको हो ।
शनिवार एक समारोह बिच प्रदेश २ का समाजिक विकासमन्त्री नवलकिशोर साहले नि: शुल्क स्वास्थ्य सेवाको उदघाटन गरेका हुन् ।
नि:शुल्क स्वास्थ्य सेवा अन्तर्गत गर्भवती जाँच, टी.डी. खोप, परिवार नियोजन सम्बन्धि अस्थायी साधनहरु र खोप अन्तर्गत दुई वर्ष मुनिका बालबालिकाको सम्पूर्ण खोप तथा पोषण सम्बन्धि परामर्श सेवा उपलब्ध गराउने हस्पिटलले जनाएको छ ।

उद्घाटन समारोहमा हस्पिटल सञ्चालक समेत रहेका प्रतिनिधि सभा सदस्य तथा निवर्तमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेश सांसद कौशल यादव थिए भने कार्यक्रम सञ्चालन हस्पिटलका व्यवस्थापक हरिश्चन्द्र यादवले गरेका थिए ।

Sponsored

कार्यक्रम उदघाटन गर्दै समाजिक विकासमन्त्री साहले के भने ?

डा. सुरेन्द्र यादवले के भने ?

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *