TodayPati

धनुषामा दुई मोटरसाइकल ठोक्किदा १ को ज्यान गयो, २ गम्भीर


टुडेपाटी-
जनकपुरधाम, फागुन ३ गते ।

धनुषामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किंदा एक जनाको ज्यान गएको छ भने दुई जना गम्भिर घाइते भएका छन् । ज्यान जानेमा धनुषाको हंसपुर नगरपालिका वडा नं.६ का २६ वर्षिय नविन राय रहेको प्रहरीले जनाएको छ ।


गम्भिर घाईते भएका रायको उपचारका लागि जनकपुर ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
यस्तै दुर्घटनामा परि सोनिगामाका २५ वर्षिय संजय मुखिया र औरही गाउँपालिका वडा नं.१ का २७ वर्षिय ईनर मण्डल गम्भिर घाईते भएका छन् । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

Sponsored

शनिबार दिउँसो धनुषाको हंसपुर नगरपालिका वडा नं.९ मोरहा रुदौलीस्थित हनुमान मन्दिर नजिक पुर्वबाट पश्चिम जाँदै गरेको ज ११ प ६३९० नं.को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज १० प २९७७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *