TodayPati

प्रदेश २ : लेनदेनको विवादमा पहिले भनाभन, कुरा नमिल्दा आफन्तकै हत्या

टुडेपाटी

सर्लाही, असार २४ गते ।

लेनदेनबारे विवाद हुँदा आफन्तको कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।

Sponsored

मृत्यु हुनेमा रौतहटको राजदेवी नगरपालिका ६ का ३५ वर्षिय अशोक यादव रहेको प्रहरीले जनाएको छ ।

आफ्न्तको घर गएको बेला उनलाई सर्लाहीमको बलरा नगरापालिकामा कुटपिट गरी हत्या गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी मदन कुंवरले जानकारी दिए ।

घटनामा संलग्न सर्लाहीका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर अनुसन्धान प्रभावित हुने भन्दै पक्राउ परेकाको नाम तत्काल सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
लेनदेनबारे छलफल गर्न अशोक यादव मंगलबार साँझ आफन्तको घर सर्लाहीको बलरा नगरपालिका गएका थिए ।

Sponsored

लेनदेनकै बिषयमा भनाभन हुँदा उनीमाथि कुटपिट भएको थियो । कुटाइबाट उनको घटनास्थलमै मृत्यु भएको डिएसपी कुंवरले बताए ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मृतकको शव आज पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *