TodayPati

कोरोना मुक्त भएर घर गएका पाल्पाका युवाले गरे आत्महत्या

टुडेपाटी-
पाल्पा, असार २३ गते ।

कोरोना भाइरस संक्रमित भएर उपचारपछि निको भएर घर फर्किएका पाल्पाका एक युवाले आत्महत्या गरेका छन् ।

पल्पाको रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय एक युवाले कोरोना जितेर घर फर्किएकै दिन सोमबार बेलुकी आत्महत्या गरेको वडाध्यक्ष भोजबहादुर बिकले जानकारी दिए ।

Sponsored

एक महिना अगाडि भारतको मुम्बईबाट घर फर्किएर घर नजिकैको जनहित भगवती माविको क्वरेण्टीनमा बसेको अवस्थामा ती युवामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमणपछि तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा राखिएको थियो । कोरोना निको भएर घर फर्किएकै दिन उनले घरकै दलानमा झुण्डिएर आत्महत्या गरेका हुन् । मृतकका बुवा तराईमा बस्दै आउनुभएको छ । आमा बेपत्ता भएको वर्षौं भैसकेको छ ।

पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या ५४० पुगेको छ । सङ्क्रमितमध्ये ४७ जना उपचारपछि निको भएर घर फर्किएका स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *