TodayPati

काठमाडौं उपत्यकामा एक हप्तामै दोब्बरभन्दा बढी संक्रमित, थप सतर्कता नअपनाए संक्रमण बढ्ने जोखिम

टुडेपाटी-
काठमाडौं, असार २३ गते ।

काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमित थपिने क्रम दिनहुँ तीब्र रुपमा बढ्दै गएको छ । अघिल्लो हप्ता १६ गते १ सय ६ जना सङ्क्रमित रहेकोमा एक हप्तामै दोब्बरभन्दा बढी १ सय ३३ जना थपिएका हुन् ।

बुधबार काठमाडौं उपत्यकामा १७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । बिहीबार ३२ जना थपिए भने आइतबार ३० जनामा सङ्क्रमण पुष्टि भयो । सोमबार एकैदिन सबैभन्दा धेरै ५४ जनामा सङ्क्रमण भेटिएपछि काठमाण्डौ उपत्यकामा सङ्क्रमितको संख्या २ सय ३९ पुगेको हो ।

Sponsored

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा १ सय ६१, ललितपुर र भक्तपुरमा ३९र३९ जना सङ्क्रमित रहेका छन् ।

लकडाउन खुकुलो भएपछि काठमाण्डौ उपत्यकामा भित्रिने र चहलपहल पनि बढेकाले सङ्क्रमित बढेका हुन् । इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा प्रमुख डा। वासुदेव पाण्डेले मानिसहरू उपत्यका प्रवेश गरेसँगै सङ्क्रमणको जोखिम बढेको जानकारी दिए । भेटिएका सङ्क्रमित एकै ठाउँका नरहेकाले विभिन्न ठाउँबाट प्रवेश गरी उपत्यका भित्रिएको देखिएको समेत उनले बताए ।

अझ् थप सतर्कता नअपनाए काठमाडौंमा सङ्क्रमणको जोखिम थप बढ्छ : विज्ञ
काठमाडौं उपत्यकामा थप सतर्कता नअपनाए सङ्क्रमणको जोखिम थप बढ्ने विज्ञले बताएका छन् । सरकारले काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरे पनि लुकिछिपी भित्रिने क्रम रोकिएको छैन । नाकामा थप कडाइ र भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न आवश्यक रहेको नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा। अनिल कार्कीले सुझाव दिएका छन् ।

Sponsored

सङ्क्रमणबाट जोगिन मास्क अनिवार्य लगाउन, राम्ररी हात धुन, सेनिटाइजर प्रयोग गर्ने, धर्नाजुलुस नगर्न र गरेका ठाउँमा पनि नजान, भौतिक दूरी कायम गर्न, भीडभाडमा नजान पनि उनले सुझाव दिएको हो ।

हिजोआज युवा असुरक्षित रुपमा घरबाहिर निस्किएकाले जोखिम बढेको डाक्टरहरुले बताएका छन् । घर बाहिर मास्क नलगाई र भौतिक दूरीको ख्याल नगरी हिँडेका युवाहरुले परिवारमा बृद्धबृद्धा, बालबालिका र दीर्घ रोगी भएकालाई सार्ने सम्भावना बढी हुन्छ । उनीहरुमा सङ्क्रमण भैहालेमा अरुमा पनि फैलने जोखिम बढी छ ।

सरकारले लकडाउन खुकुलो गरेपछि काठमाण्डौ उपत्यकामा चहलपहल बढेको, तर खुकुलो भयो भन्दैमा लापरवाही नगर्न जनस्वास्थ्य विज्ञको आग्रह छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाण्डौ उपत्यकामा सङ्क्रमित बढेसँगै उच्च सावधानीसँगै परीक्षणको दायरा पनि बढाएको जानकारी दिएका छन् । काठमाण्डौ उपत्यकाभित्र समुदायमा सङ्क्रमण देखिएको हो वा होइन भन्ने यकिन गर्न १० ठाउँबाट स्वाब सङ्कलन गरी परीक्षण सुरु गरिएको पनि उनले बताए ।

उपत्यकामा देखिएकामध्ये ८० प्रतिशत बाहिरबाट आएका र २० प्रतिशत स्थानीय रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले बाहिरबाट आएकाहरुको सम्पर्क, अस्पतालमा जाँच गर्न जानेहरु, बजारमा तरकारी तथा अन्य बस्तु खरिदबिक्री गर्नेहरु र भीडभाडबाट सङ्क्रमण बढेको हुन सक्ने उनको भनाइ छ ।

अहिलेसम्म नेपालमा १५ हजार ९ सय ६४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये ६ हजार ८ सय ११ जना निको भई घर फर्किसकेका छन् । ३५ जनाको सङ्क्रमणकै कारण ज्यान गएको छ ।

मास्क नलगाई हिँड्ने र भौतिक दूरी कायम नगर्नेलाई कारबाही हुने

कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले स्वास्थ्य मापदण्ड जारी गरेको छ । मास्क नलगाई घर बाहिर हिँड्ने, भौतिक दूरी कायम नगर्नेलाई सरकारले कारवाही गर्ने भएको छ । स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेलाई प्रहरीले तत्काल पक्राउ गर्ने गृह मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले नियम कडाइका साथ कार्यान्वयन गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिएको छ । गृह मन्त्रालयले निर्देशन अटेर गरे सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार पक्राउ तथा जरिवाना गरिने बताएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *