आत्महत्या गरेको भिडियो फेसबुकमा सेयर नगर्न मन्त्रालयका प्रवक्ता गौतमको अनुरोध
टुडेपाटी-
जनकपुरधाम, असार २३ गते ।
फेसबुक लाइभ गरेर आत्महत्या गरेको वा कुनै किसिमको आत्महत्या गरेको भिडियो सेयर नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेका छन् । पछिल्लोपटक लाइभ गरेर एक हप्तामा दाङ र चितवनका दुई महिलाले आत्महत्या गरेपछि मन्त्रालयले आग्रह गरेको हो ।
यस विषयमा ध्यानाकर्षण भएको बताउँदै यस्ता घटनाको भिडियोले आत्महत्यालाई अझ बढी प्रेरित गर्ने र बालबालिकामा नकरात्मक असर पर्ने हुनाले यस्ता भिडियोहरु सेयर नगर्ने र देखेपनि फेसबुकलाई तत्काल रिपोर्ट गर्न मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुरोध गरे ।
आत्महत्याको सोच वा योजना गम्भीर भावनात्मक संकट हो जुन जोकोहीलाई पनि यस्तो सोच आउन सक्छ र परिवारको विश्वासिलो सदस्य र साथीभाइलाई आफ्नो कुरा भन्न
गौतमले आग्रह गरे ।