TodayPati

सडक विभागका इन्जिनियर यादवले गरे १ करोड ८५ लाख भ्रष्टाचार, अख्तियारले हाल्यो मुद्दा

टुडेपाटी-

जनकपुरधाम, असार २२ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इन्जिनियर चन्द्र नारायण यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Sponsored

आयोगले सोमबार यादवले पदमा रहँदा एक करोड ८५ लाख ११ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो। २०३६ साल मंसिरमा सरकारी सेवा प्रवेश गरेका यादव २०७४ फागुनमा अवसका पाएका थिए।

उनले सरकारी सेवामा रहँदा दुई करोड ८७ लाख ८६ हजार चारस सय ६८ रुपैयाँ आर्जन गरे गरेको पाइए पनि वैध आम्दानी जम्मा एक करोड दुई लाख ७४ हजार सात सय ३९ मात्र पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

उनले सेवामा रहँदा वैध आम्दानी भन्दा एक करोड ८५ लाख ११ हजार बढी स्रोत खुल्न नआएको पाइएको अभियोग पत्रमा उल्लेख गरिएको छ। आयोगले अवैध आम्दानी बिगो कायम गरी बिगो बराबर जफत गर्न माग गरेको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *