पाइलटमा पनि देखियो कोरोना, ३ पाइलटसहित १४ उडान कर्मचारी संक्रमित
टुडेपाटी-
जनकपुरधाम, असार २२ गते ।
नेपालमा पहिलोपटक पाइलटमा कोरोना भाइरसको संक्रमण देखिएको छ । तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरे । पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतले जानकारी दिएको छ ।
नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तब्यमा खटिएका उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
Sponsored