TodayPati

सर्लाहीमा खाना पकाउने क्रममा ग्यास लिक हुँदा घरनै खरानी बन्यो

टुडेपाटी-
सर्लाही, फागुन ३ गते ।

सर्लाहीमा ग्यास सिलिन्डर लिक हुँदा एक घरमा आगलागी भएको छ ।
सर्लाहीको बरहथवा नगरपालिका–१५ सुकुम्वासी टोलमा शुक्रबार राती भएको आगलागीबाट स्थानीय बिगु पासवानको फुसको कच्ची घर जलेर खरानी भएको ईलाका प्रहरी कार्यालय हीरापुरले जनाएको छ ।

आगलागीबाट घर र घरभित्र रहेको सबै सरसामान जलेर नष्ट हुँदा ४० हजार रुपैयाँ बराबरको क्षति भएको पीडित पासवानले बताए ।ज्याला मजदुरी गरेर दैनिकी गुजार्ने दलित परिवार आगलागीमा परी घर जलेर नष्ट भएपछि बिचल्लीमा परेका छन् । रातीको खाना पकाउने क्रममा पासवानको घरमा आगलागी भएको स्थानीयको भनाइ छ ।

Sponsored

गाउँले र प्रहरी मिलेर तत्कालै आगो नियन्त्रणमा लिई अरु घरमा आगलागी हुन नदिइएको बताइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *