TodayPati

जनकपुरमा मन्त्रीलाई कालोमोसो गर्न पुगेका एकदर्जन युवा पक्राउ (भिडियो सहित)

टुडेपाटी –
जनकपुरधाम, फागुन ३ गते ।

प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्न गएका एकदर्जन युवाहरु पक्राउ परेका छन् । शनिवार बिहान जनकपुरको जानकी हेल्थकेयरमा एक खोप कार्यक्रममा सहभागि हुन गएका मन्त्रीसाहलाई युवाहरुले घेरेर कालोमोसो गर्ने योजना बनाएर नाराबाजी गरिरहेका राजपा नेपालका झण्डै १ दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

Sponsored

कालोमोसो गर्ने युवाहरले योजना बनाएर प्रवेशद्वार नै अवरुद्ध गरेर बसेपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो । युवाहरुले कार्यक्रम स्थलमै मन्त्रीलाई घेरेपछि झण्डै १ घण्टा उनलाई अस्पतालमै बस्नु परेको थियो । पछि प्रहरी परिचालन गरी युवाहरुलाई पक्राउ गरी मन्त्री साहलाई सुरक्षितसाथ गन्तव्य स्थल पुर्याइएको छ । त्यस क्रममा राजपा नेपालका हिरेन्द्र सिंह लगायतका केहि युवाहरुले मन्त्री साहलाई कालो झण्डा समेत देखाएका छन् ।


Sponsored

शुक्रबार राजपा नेपालका धनुषा जिल्ला अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा मन्त्री साहको चेम्बरमा गुनासो गर्न पुगेका थिए । मन्त्रालय र मन्त्रीको कामाकारबाहीको विषयमा असन्तुष्टि व्यक्त गर्दा मन्त्री साहले नेता झालाई तपाईको के औकात भनेर भनेका थिए । त्यसपछि नेता झाले समाजिक संजालमा मन्त्री साहलाई औकात भए जनकपुरको कुनै कार्यक्रममा सहभागि भएर देखाउन चुनौती दिँदै यदि सहभागि भए कालोमोसो गर्ने चेतावनी दिँदै लेखेका थिए । मन्त्री साह राजपा नेपालबाट सरकारमा सहभागि छन् । उनले यसअघि पनि पटक पटक विवास्पद अभिव्यक्ति दिँदै आएका छन् ।

भिडियो हेर्नुहोस्

प्रदेश २ का सामाजिक मन्त्री फेरि विवादमा, कालोमोसो दल्ने राजपाकै नेताको चेतावनी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *