TodayPati

कतारबाट फर्केका पुरुषको कोरोनाबाट मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो

टुडेपाटी-

जनकपुरधाम, असार २० गते ।

थप एकजना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

Sponsored

गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नविन थापाका अनुसार ती पुरुषको शनिबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको हो ।

मधुमेहको दिर्घरोगी समेत रहेका उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । लगतै सोही दिन राति ९ः५५ बजे आइसोलसनमा राखेर उनको उपचार सुरु गरिएको थियो ।

ती पुरुष यही असार १६ गते कतारबाट आएका थिए । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *