बझाङमा भयानक पहिरो : १७ घर बगायो, कम्तीमा ७ जना बेपत्ता
टुडेपाटी-
बझाङ, असार २० गते ।
बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको छ । ग्एराति गएको पहिरोले डेढ दर्जन घर बगाएको छ।
पहिरोले डेढ दर्जन घर पुरिएको जानकारी आएपनि बाँकी क्षतिको विवरण प्राप्त नभएको बझाङका प्रहरी प्रमुख डिएसपी गणेशबहादुर बमले जानकारी दिए।
स्थानीयबासीले भने १७ घर पहिरोले बगाएको र कम्तिमा सातजना बेपत्ता भएको जानकारी दिएका छन्। ‘ठूलो क्षति भएको जानकारी आएको छ, हाम्रो टोली घटनास्थलमा जाँदै छ,’ डिएसपी बमले भने । घटनास्थल सदरमुकामबाट झण्डै पाँच घण्टा टाढा पैदल दूरीमा रहेको उनले बताए ।
‘स्थानीय जिउनीगाड नदीले सडक बगाएकाले घटनास्थलमा पुग्नै समस्या छ,’ उनले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना घटनास्थलतिर जाँदैछन्।’
Sponsored
घटना मध्यरातिको भए पनि जिल्ला प्रहरी कार्यालयमा भने शनिबार बिहान मात्रै जानकारी आएको थियो। पहिरोले एउटा पावरहाउस पनि बगाएको छ।
सिंगो गाउँ नै पहिरोको चपेटामा परेकाले स्थानीयको बिचल्ली भएको केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले बताए।