TodayPati

सप्तरीमा छुट्टाछुट्टै घटनामा बालकसहित दुई जनाकाे मृत्यु

शुभ नारायण यादव-

सप्तरी, असार २० गते ।

सप्तरीमा भएको छुट्टाछुट्टै घटनामा एक बालकसहित दुई जनाकाे मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–११ फर्सैठ स्थितको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

Sponsored

आफ्ना साथीहरुसँग पोखरीमा नुहाउने क्रममा राजेन्द्र साहको ११ वर्षिय छोरा नन्दकिशोर साहको पोखरीमा डुबेर मृत्यु भएको हो । उक्त पोखरीमा डुबेर घाईते भई अचेत अवस्थामा उपचारकोलागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजतर्फ ल्याउने क्रममा बिच बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

त्यसै घरमा पानी मोटर (तान्ने पम्प) मा करेन्ट लागेर बनिया टोलका एक महिलाको मृत्यु भएको छ । हनुमाननगर कंकालीनी नगरपालिका ७ बनिया टोल बस्ने श्याम गुप्ताको ४५ वर्षीया श्रीमती राजदेवी गुप्ताको गएराती करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाइएको छ ।

आफ्नै घरको कलमा (ट्युवेवल) जडान गरिएको मोटरको तारबाट करेन्ट लागरे अचेत अवस्थामा उपचारको लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *