महोत्तरीबाट जनकपुर रिफर गरिएका कोरोना संक्रमितको अवस्था कुनै बेला गम्भीर हुनसक्ने
टुडेपाटी
जनकपुरधाम, असार १९ गते ।
महोत्तरीमा एक जना कोरोना संक्रमितको अवस्था जटिल देखिएपछि थप उपचारकालािग कोभिड अस्पताल जनकपुर रिफर गरिएको छ ।
गत असार १६ गते राति जलेश्वरस्थित आइशोलेसन कक्षमा बेहोस भएपछि ४५ वर्षीय पुरुषलाई थप उपचारकालागि कोभिड अस्पतालको जनकपुरमा ल्याइएको हो । कोभिड अस्पतालको दोस्रो तहको आइशोलेशन कक्षमा उनको उपचार भइरहेको छ ।
हाल नउको अवस्था समान्य देखिएपनि दुइवटा ‘हाइ रिस्क फ्याक्टर’ देखिएको धनुषाका कोभिड आइशोलेसन संयोजक डा. जामुन प्रसाद सिंहले प्रेस विज्ञप्ती जारी गरी जानकारी दिए ।
उनका अनुसार उनलाई मधुमेहसँगै उच्च रक्तचाप भएपछि थप उपचारकालािग कोभिड अस्पताल जनकपुर ल्याइएको हो । ‘संक्रमण पुष्टि भएका मधुमेह र उच्च रक्तचापका विरामीलाई संसारभरी उच्च जोखिम रहने गरेको पाइएको छ । यस्तो केशमा स्वास्थ्य अवस्था राम्रो हुँदाहुँदै अचानक खराब भइ कुनैबेला अवस्था गम्भीर हुनसक्नेछ ,’ उनले भने ।
Sponsored
कोभिड अस्पताल जनकपुरमा पहिलो तहको आइशोलेसनमा १ सय १ जनाको उपचार भइरहेको डा. सिंहले बताए ।