TodayPati

प्रदेश नम्बर २ को प्रोफाइल सार्वजनिक

टुडेपाटी-
जनकपुरधाम, असार १९ गते ।

प्रदेश नीति आयोगले प्रादेशिक प्राश्र्वचित्र ( प्रोभिन्सियल प्रोफाइल ) सहित चारवटा पृुस्तक आज सार्वजनिक गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित एक कार्यक्रम बिच नीति आयोगका अध्यक्ष समेत रहनु भएका मुख्यमन्त्री लालबाबु राउतले उक्त पुस्तकहरु सार्वजनिक गर्नु भएको हो ।
आज सार्वजनिक गरिएको पुस्तकहरुमा प्रादेशिक पाश्र्वचित्र २०७७, प्रदेश अनुगमन तथा मुल्यांकन मार्गदर्शन २०७७, प्रदेश योजना तथा कार्यक्रम मार्गदर्शन २०७७ र प्रदेश स्तरमा दिगो विकासका लक्ष्यहरुको आधारशिला प्रतिवेदन रहेको छ ।

Sponsored


कार्यक्रममा मुख्यमन्त्री राउतले आयोगद्वारा प्रकाशित पुस्तकहरु प्रदेशको नीति निर्माणका साथै विकास निर्माणका योजनाहरुलाई प्रभावकारी बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘ तथ्य र तथ्यांक विना विकास निर्माणलाई प्रभावकारी बनाउन सकिदैन, त्यसलाई नै दृष्टिगत गरेर यो पुस्तकहरु ल्याइएको छ यसले अगामी दिनहरुमा योजना बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।


कार्यक्रममा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पुस्तकहरुको प्रकाशनमा प्रदेश सरकारको सबै निकायले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नु भयो । उहाँले भन्नु भयो,‘प्रदेश सरकारको यो पहिलो प्रयास हो , अगामी दिनमा यस लाई अझै परिस्कृत गरिने छ । कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितको उपस्थिति रहेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *