TodayPati

सर्लाहीमा पनि धान रोपाइँ गर्ने क्रममा एकजनाको चट्याङ लागेर मृत्यु

टुडेपाटी-
सर्लाही, असार १८ गते ।

सर्लाहीमा पनि चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार विहान परेको पानी संगै चट्याङ लागेर खेतमा धान रोपाइ गर्ने क्रममा सर्लाहीको बागमती नगरपालिका १० नयाँबस्तीका १८ वर्षीय छोटु पासवानको ज्यान गएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद यादवका अनुसार बिहान ८ बजेको समयमा चट्याङ्ग लागेर बेहोस भएका पासवनलाई बरहथवा स्थित धनवन्तरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *