TodayPati

सिरहामा नागकिरता संशोधन ऐन विधेयक विरुद्ध भैंसी जुलुस

टुडेपाटी-
जनकपुरधाम, असार १८ गगते ।

तेश्रो मुलुकबाट विवाह गरी आउने नेपाली बुहारीलाई सातवर्षपछि मात्र नागरिकता दिने प्रावधान विरुद्ध सिरहामा भैँसी जुलुस प्रदर्शन भएको छ । बिहीबार बिहान सिरहाको औरही गाउँपालिकामा जनमत पार्टीले भैँसी जुलुस प्रदर्शन गरेको हो ।

भैँसीको जिउमा केपी ओली मुर्दावाद, नागरिकता विधेयक खारेज गर, महिलालाई हेप्न पाइदैन लगायतको नाराहरु सोतो अक्षरले लेखेर गाउँ घुमाँउदै जनमत पार्टीका युवानेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।

Sponsored

जनमत पार्टीले निरन्तर १२ दिनदेखि नागरिकता ऐन संशोधन विधेयक विरुद्ध सिरहासहित देशका विभिन्न जिल्लाहरुमा प्रदर्शन गर्दै आएको जनतमत पार्टीका नेता दिपेन्द्र यादवले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *